Friday, May 16, 2014

तमु समुदायमा विकसित सांस्कृतिक परिवर्तनहरू

तमु समुदायमा विकसित सांस्कृतिक परिवर्तनहरू
–देवीजंग तमु
१२ र १२ र २०७० बुधबार यसपालीको संस्कृतिसम्बन्धीको यात्रा कास्कीको ताङतिङ हुँदै सिक्लेससम्म तमु प्ये ल्हु सङ्घका अध्यक्ष, महासचिव, युवा समिति, विदेशका प्ये ल्हु सङ्घका साथीहरूसहित करिब ३५ जनाको टोली बुधबार बिहान २ ओटा जीप रिजर्भ गरी प्ये ल्हु सङ्घस्थित फलिना क्वोइवो परिसरबाट ताङतिङतर्फ प्रस्थान ग¥यौं । सम्पूर्ण सहयात्रीहरूलाई यसैगरी समेट्न सक्दिनँ । विशेषगरी, तमु प्ये सङ्घका अध्यक्ष क्या. रूपबहादुर तमु, महासचिव पमबहादुर तमु, पच्यू समितिका अध्यक्ष कुलप्रसाद तमु, युवा पच्यू पैडी पोलबहादुर तमु, युवा समितिका महासचिव शुक्रराज तमुलगायतलाई विशेष सम्झिन चाहन्छु । त्यो भन्दा पनि यस यात्राका र कार्यक्रमका प्रमुख अगुवाई तमु प्ये ल्हु सङ्घ दुबई शाखाका अध्यक्ष एक्काजंग तमु दाइलाई धेरै धेरै बधाई तथा धन्यवादसहित सम्झन चाहन्छु यस्तै तमु प्ये ल्हु सङ्घ यूके शाखालाई धन्यवाद जसले यो भव्य कार्यक्रम आयोजना गर्न आर्थिक सहयोग गरी महत्वपूर्ण भूमिका निभाएको छ । लामो दूरीको यात्राका कुराहरू धेरै नै हुन्छन् सबै कुराहरूलाई यस लेखमा समेट्न सक्दिनँ यसैले लामो दूरीको अनुभवलाई छोटो गरी समेट्ने प्रयासमा छु । रानीपौवास्थित तमु प्ये ल्हु सङ्घ पलिना क्वोइबो परिसरबाट बिहान ८ः०० बजेदेखि भालेको हाम्रो  यात्रा रानीपौवा भइकाली काहुँखोला, ढाडबेंशी घाचोक अनि चासु हुँदै ताङतिङ बेंशीसम्म जीपमा भयो । ताङतिङबेंशीबाट करिब  २० मिनेटको उकालो चढेपछि कायँचिन्हेमा पुग्यौं स्थानीय क्रोम्छै, त्होर्जे रिच्हमी समूहले हाम्रो लागि ल्याउनुभएको रोटी तरकारीको सत्कारले भोकाएको पेटलाई राहत मिल्यो गाउँको भीरपाखामा फुल्ने सली ट, प्होरी ट र म्हुरी ट सहितको फूलमालाको स्वागत आफैँमा भव्य थियो । त्यतिमात्र नभई गाउँको प्रवेशद्वारनिर स्थानीय आमा समूह, यूवा क्लब, बाबाहरूको समूहलगायत सबै गाउँलेहरूको हातमा हाम्रो स्वागतको लागि फूलमालाहरू साना–साना नानीदेखि वृद्धाहरूको हातमा दही र चामलको टिका लिएर स्वागत पाइरहँदा मनमा खुशीसँगै केही असहजता महशुस भएको थियो । किनकि, उहाँहरूको स्वागत न हाम्रोे लागि भव्य थियो यतिमात्र नभई स्वागतकै लागि बजाएको पञ्चेबाजाको धुनले स्वागत कार्यक्रमलाई अझ भव्य बनाएको थियो यस्तो भव्य स्वागत सायदै बिरलै पाउँछन् । त्यसैले कहिल्यै बिर्सिने छैन । ताङतिङमा भएको स्वागत जस्तै बिहीबार (१३÷१२÷२०७०) सिक्लेसमा पनि पाएको थियो पञ्चेवाजासहित आमा समूह, बाबा समूह, यूवा समूहलगायतको बाक्लो उपस्थितिमा सिक्लेसमा पाएको स्वागतलाई पनि विर्सिन सक्दिन। त्यसैले सिक्लेस र ताङतिङबासी सबैलाई भित्री मनैदेखि धेरै धेरै धन्यवाद दिन चाहान्छु विशेषगरी ताङतिङ गाउँका पैडी चिवा जसबहादुर तमु, समाजसेवी श्रीप्रसाद तमु, युवा क्लबका अध्यक्ष डिल्लीजंग तमु र यूवा क्षेत्रबहादुर तमुलाई धन्यवाद र सिक्लेसका पूर्व गा.वि.स अध्यक्ष कर्णसिं तमु, मादीखोला महिला विकास सङ्घका अध्यक्ष गंगामाया तमु, अन्नपूर्ण मा.वि सिक्लेसका सहायक प्र.अ गंसुबा तमु, शिक्षाविद् सुरजकुमार तमुलाई जति धेरै धेरै धन्यवाद दिन चाहन्छु । ताङतिङमा चैत्र १२ गते बुधबार र सिक्लेसमा १३ गते बिहीबार भएको खेकी चोखो विचार विमर्श कार्यक्रमको उद्देश्य एउटै भएकोले ति दुई कार्यक्रममा भएका ८ पछिल्ला तमुमा, तमु समुदायमा  विकास भएका संस्कृतिका बारेमा यस लेखमा समेट्ने प्रयास गरेको छु । ताङतिङमा भएको कार्यक्रममा पैडी चिवा एवम् कार्यक्रमका प्रमुख अतिथि जसबहादुर तमुको भनाइहरू  पनि अत्यन्त सान्दर्भिक छन् । पछिल्लोक्रममा तमु समुदायमा विवादित कर्मकाण्डको क्रममा पशुपंक्षीको प्रयोग गर्ने कि नगर्ने विषयको विवाद छ्याटु नाच अशुभ कर्ममा मात्र नाच्ने नि शुभ र अशुभ दुवैमा नाच्न पाउने विषयको विवादलगायतका बारेमा उहाँले दिनुभएको प्रष्टोक्ति राम्रा र जायज छन् । उहाँकै अनुसार ‘‘छ्याटु नाचमा प्रयोग गरिने गीतहरू, तालहरूको कतै पनि शुभ कार्यसँग सम्बन्धित नै छैन । त्यसैगरी, पशुपंक्षीको प्रयोग गरी शास्त्र अध्ययन गर्ने पुरोहितले पशुपंक्षीको प्रयोग विना थालेको जग्गे कसरी सफल हुन सक्छ त ? अझ प्रष्ट्याउँदै भन्नुहुन्छ’’ काटमारविना गरेको पय वास्तवमा तमुको पय हुनै सक्दैन । ‘‘उहाँको विचार समाजसेवी श्रीप्रसाद तमु, युवा क्लवका अध्यक्ष डिल्लीजंग  तमुलगायतका सबैको एउटै विचार छ’’ पहिलेदेखि हामीले जे गर्दै आर्यौ त्यही संस्कारलाई निरन्तरता दिने पोखरा लगायत शहरबजारमा जसरी अरू संस्कृतिले तमु समुदायको संस्कृतिमाथि प्रभाव पारेतापनि ताङतिङ सिक्लेसलगायतका तमु गाउँहरूमा त्यति धेरै प्रभाव पारेको छैन । तर, प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपले प्रभावित पार्ने गतिविधिहरू नभएका भने होइनन् । सिक्लेस र ताङतिङमा संस्कृतिसम्बन्धी अहिले बोल्ने वाक्यहरू पछिका दिनमा फेरिन सक्छन् तर, जुन दिन ती वाक्यहरू फेरिन्छन् त्यहीदिनदेखि सिक्लेस ताङतिङ र त्यहाँका तमुहरुको इतिहास मेटिन सक्छन् । तर, सिक्लेसको कार्यक्रमको सन्दर्भमा पूर्व गा.वि.स अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि कर्णसिं तमुको भनाइलाई मनन गर्ने हो भने सिक्लेसमा त्यस्ता आयतित संस्कृतिहरूलाई स्वीकार गरिने छैन । उहाँ भन्नुहुन्छ’’ हामीले गर्दै आइरहेको क्रियाकलापहरू नै हाम्रा संस्कृति भएकाले यसलाई हामी कदापी परिवर्तज गर्ने छैनौं । स्थानीय मादीखोला  महिला विकास सङ्घका अध्यक्ष नेतृ गंगामाया तमु शिक्षिका गेसुवा तमु, शिक्षाविद् सुरजकुमार तमुलगायतको भनाइ पनि इतिहास संस्कार, संस्कृति संरक्षणकै पक्षमा छन् । त्यसैले  ताङतिङ र सिक्लेसमा जे संस्कार र संस्कृतिहरू अवलम्बन गर्दै आइरहेको छन् त्यसलाई सदैव निरन्तरता दिन सकोस् शुभकामना । विकसित संस्कृतिमा रूमलिएका तमुहरू तमु समुदायको संस्कार, संस्कृतिको केन्द्र भनेर सिक्लेस, ताङतिङ, पौचुको, भुजुङ गाउँहरूलाई विगतका दिनहरूमा भनिरहेता पनि पछिल्ला दिनमा ती गाउँहरूमा भौतिक तथा अभौतिक संस्कृतिले प्रत्यक्ष रूपमा ऐतिहासिक तमुहरूको मौलिक संस्कार संस्कृतिलाई प्रभाव पारिरहेका छन् । गाउँ र शहरबीचको दूरीलाई त्यस्ता आयातीत संस्कृतिले जोड्ने काम भइरहनु दुःखद् पक्ष हो । त्यसैले चैत्र १२ गते ताङतिङ र १३ गते सिक्लेसमा भएको कार्यक्रममा तमु समुदायको संस्कृति र यसमा विकास भएका निरोधामायहरू शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै युवा पच्यू पैडी एवम् मानवशास्त्रका विद्यार्थी पोलबहादुर तमुले चिन्ता जाहेर गरिसक्नु भएको छ । गाउँ परिवेश, मौलिक संस्कृति, परिवेश र हामीले गर्दै आइरहेकाका चालचलन अनुसारको कार्यपत्र भएतापनि कतिलाई तीतो  कतिलाई मिठो र कतिलाई त अल्मलाए जस्तो लागेको हुनुपर्छ । किनकि, पहिलै पहिलैका गाउँठाउँ र अहिलेका गाउँठाउँबीच धेरै परिवर्तन भइसकेका छन् । हामीले बोल्ने तमु भाषाहरू नेपाली र अङ्ग्रेजीमा परिणत भएका छन्, अशुभ काममा बजाउने छ्याटुका धुनहरू विवाह र महोत्सवमा गुन्जिन थालेका छन्, दही र चामलले सजिलै निधारहरू रातो र पहेलो टिकाहरूले रंगिन थालेका छन् । सात सरो र नौ सरो रुस्युद्वारा धौटिमा लगाउने प्लउस, प्हैइरु÷रुपाको स्वरुप रातो र पहेलो प्यारासुटमा परिणत भट्ट धौटिमा वा दिएका छन् । गाउँघरको भीरपाखामा फुल्ने सली ट, प्होरी ट र म्हुरी ट को ठाउँलाई रङ्गीन खादाहरूले ओगटिसकेको छन् । गाउँबाट शहरकालाई सिकाउनुपर्ने हाम्रा संस्कृति र संकारहरू ठीक विपरीत शहरबाट गाउँकालाई सिकाइरहेका छन् । त्यस्ता आयातीत संस्कृतिहरू हाम्रा इतिहास मेटिने खालका भइकन पनि शहरबाट गाउँकालाई उर्दी जारी गर्नु बडो दुःखद् पाटो हो। गाउँठाउँमा संस्कार र संस्कृतिहरू लोप भएर यस्ता उर्दी जारी भएका होइनन्, गाउँठाउँमा भएरहेका त्यस्ता अमूल्य हाम्रा संस्कृतिहरू इतिहासहरू मेटाउनकै निम्ति शहरबजारबाट अगुवा भनाउँदाहरूबाट त्यस्ता उर्दी जारी गरेका छन् यस्ता अपाच्य कुराहरू लेखिरहँदा कतिलाई नमिठो लाग्दो हो, कतिले त लेखक सा¥है पुरातनवादी भनिरहँदा हुन् र कतिले त ठीकै लेखेको छ । वास्तविकता यही हो भनिरहँदा हुन्, तर, म कुनै कुनै पनि आयातीत संस्कृतिको विरोधी होइन । म तमुको भाषा, इतिहास, शास्त्र, तो ताँ, स्यु ताँ र परम्पराको आधारमा कुनै पनि संस्कृतिको व्याख्या गर्नुपर्छ त्यसलाई हेराइमा मात्र नभइ दर्शनले पनि स्वीकार गरेमा अभ्यास गर्न सकिन्छ भन्ने पक्षमा लेख्ने व्यक्ति हो । पछिल्लापटक तमु समुदायमा विकास भएका संस्कृतिबारे ताङतिङ र सिक्लेसमा भएको कार्यक्रममा आÇनो कार्यपत्र प्रस्तुत गर्दै मानवशास्त्रीका विद्यार्थी (एमफिल अध्ययनरत) युवा पच्यू पैडी चिवा पोलबहादुर तमुले एक जना मानवशास्त्री च्ष्अजबचम द्यबगmबल (ज्ञढढण्) लाई उद्धृत गर्दै भनेका छन् ‘‘कुनै पनि संस्कार त्भहत (शास्त्र, इतिहास) बाट ऋयलतभहत (सन्दर्भ परिवेश) एभचायचmबलअभ (दृष्य, अभिनय) मा पुग्छ र त्यसको च्भाभिअत (नतिजा) आउँछ अथवा कुनै पनि संस्कार भइरहेको छ भने त्यो संस्कारको मुख्य आभार भनेको त्यहाँ वाचन गरिएका अध्ययन गरिएका कथावस्तु वा शास्त्र हुन्, यसै कथावस्तु र शास्त्रको आधारमा त्यो संस्कारको वातावरण सन्दर्भ वा परिवेश बन्छ र त्यही अनुसारको दृश्य वा अभिनय, त्यो गतेहरूबाट देखाउँछ । (चैत्र १२ र १३ गते ताङतिङ र सिक्लेसमा प्रस्तुत कार्यक्रम) यसलाई प्रष्ट्याउँदै तमुले तमु समुदायमा पछिल्ला करिब दश वर्षदेखि चलनमा आएका ‘खादा’ संस्कृतिलाई लिएका छन् । मानवशास्त्रीका विद्यार्थी– तमु भन्नुहुन्छ करिब दश वर्षदेखि यता तमु समुदायमा निकै प्रचलित ‘‘खादा’’ कति खेर प्रयोग गर्ने भन्ने विषय स्पष्ट नहुनाको कारणले गर्दा अथवा यो खादा लगाउने संस्कृति तमुको हो वा होइन भन्ने विषयको अनुमान नगरिकनै यसलाई व्यवहारमा प्रयोग गर्दा (?) विदेश जाँदा, विदेशबाट आउदा घुमफिर गर्दा, स्वागत गर्दा, विदाई गर्दा नाचगान गर्दा र यतिमात्र नभइ लासमाथि लगाइदिने, प्लउलाई लगाइदिने फोटोमा लगाइदिने, देवी देवताको थानमा झुण्ड्याउने, छ्याटु नाचेकालाई लगाइदिने जस्ता थुप्रै ठाउँमा खादाको प्रयोग भएको देखिन्छ ? त्यसैले खादा भनेको के हो ? उल्टै प्रश्न गर्छन्। (२०७०÷१२÷१२ गते ताङतिङ कार्यपत्र) यस्ता भौतिक संस्कृतिले भौतिक साधनको व्याख्या गरेका हुन्छन् भने अभौतिक संस्कृतिले अथवा दर्शन ज्ञान, कानुन, रीतिथिति, नैतिकता, आचारण जस्ता नदेखिने संस्कृतिको व्याख्या गर्दछ । तमु समुदायमा विशेषगरी पोखरालगायतका शहरबजारमा भौतिक संस्कृति अवलम्बन गर्ने तर, त्यसका अभौतिक संस्कृतिहरू व्यवहारमा प्रस्तुत नगर्ने थुप्रै उदाहरण र अभ्यासहरू भेटिन्छन् । जसले भौतिक साधनको विरोध गरेका थिए । उसैको नाममा भौतिक साधनहरू बनाउने, अहिंसाको पाठ पढ्नेहरूको घरमा प्रत्येक छाकमा त्यस्ता मीठा परिकारहरू पस्किन, जुवातास नखेल्ने भनी दर्शन पढ्ने हामीहरू दिनभरि ट्यामपासको नाममा साइला सोल्टीको घर र समाजघरहरूमा जुवातास खेल्ने मद्यपान, लागुपदार्थको विरोध गर्ने शील पढेका हामीहरू प्रत्यक साँझ बिहान साइलीकै भट्टी धाउनुपर्ने, सांसारिक सुखलाई आत्मसमर्पण गछु भनेर दर्शन पढ्ने हामीहरू उनैहरूको खुशीको निम्ति भौतिक सामानहरू जोडिदिने काम अरू कतैबाट नभइ तपाई हामीबाटै भएको छ । यो के हो त ? संस्कृति सबै समान हुन्छन् अथवा सानो ठूलो भनी छुट्याएको हुँदैन भनेर पढेका हामीहरू किन संस्कृतिमै विभेद गरिँदैछ ? संस्कृतिले समाजलाई चिनाउँदछ र समाजले यसलाई चिन्नुपर्दछ । यसले समाजमा व्यक्तिलाई सामाजिक व्यक्ति बनाउँछ, समाजमा आफूलाई कसरी चिनाउने, आÇनो सामाजिक मूल्य मान्यता के हो ? कसरी प्रस्तुत हुनुपर्दछ भन्ने विषय सिकाउँदछ । तर, अरू सोंच दर्शनमा एकथोक र व्यवहारमा अर्कोथोक गर्ने हाम्रो समाजबाट हामीले के सिक्ने र हामी यो समाजमा कुन रूपमा प्रस्तुत हुने ? दर्शनको गीत गाएर कि ? व्यवहारको काम देखाएर ? यस्ता विरोधाभाषले समाजमा एकतिर समाज चलायमान देखाउँछ तर, अर्कोतिर समाजलाई अधौगतितिर डो¥याइरहन्छ । तर, समाज चलिरहेको हुनाले अधौ गतितिर गएको समाजको वास्ता कमैले मात्र गर्छन्। यसरी क्षणिक खुशीको लागि, रमाइलोको लागि, बाध्यताको, लागि प्रतिशोधको लागि, लहलहैमा, अन्जान र बेहोश तरिकाले नयाँ  र नौला शैलीहरू जसको तमु समाजमा इतिहासमा, कथामा, भाषामा कुनै अर्थ र कारण नै छैनन् तिनै नयाँ संस्कृतिहरू÷व्यवहारहरू तमु समुदायमा दिनप्रतिदिन भित्रिरहेको अवस्थामा बैलैमा सबैले ध्यान पु¥याउन अनि मौलिकताको परीक्षणमा लाग्न सकोस् शुभकामना ।

No comments:

Post a Comment