तमु प्ये ल्हु संघ केन्दि«य युवा समितिको प्रस्तुति आज भुजुङमा
देवीजंग तमु
पोखरा, जेठ २
साँस्कृतिक कार्यक्रम मार्फत तमुहरुको संस्कार, संस्कृतिबारे जानकारी गराउने उद्धेश्यले गत बुधवार लमजुङ प्रस्थान गरेको तमु प्ये ल्हु संघ केन्दि«य युवा साँस्कृतिक टोलिले आज शुक्रवार लमजुङको गुरुङ गाउँ भुजुङमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएको छ । स्थानिया लालीगुराँस युवा क्लवको व्यवस्थापनमा आज वेलुका भुजुङमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएको हो ।
तमु प्ये ल्हु संघ युएईका साँस्कृतिक विभाग प्रमुख महेश लेम तमुको समन्वयमा भइरहेको साँस्कृतिक कार्यक्रम अन्तर्गत टोलिले विहिवार गुरुङ गाउँ पसगाउँमा आफ्नो साँस्कृतिक प्रस्तुति देखाइसकेको छ । स्थानिया दुधपोखरी युवा क्लवको व्यवस्थापनमा भएको साँस्कृतिक कार्यक्रममा गाउँलेहरुको भव्य सहभागिता रहेको युवा समितिका अध्यक्ष एवम् टोलिमा सहभागी सृजना प्हच्यु तमुले जानकारी दिनुभयो ।
२१ जनाको साँस्कृतिक टोलिले पस गाउँ, भुजुङ लगायतका गुरुङ गाउँहरुमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै आफ्नो मौलिक संस्कार, संस्कृति र मौलिक वोन धर्मबारे पनि छलफलहरु गर्नेछ ।
टोलि शनिवार पोखरा फर्किने भएको छ ।

No comments:
Post a Comment