Friday, April 24, 2020

सिक्लेसमा पहिला नै थियो लकडाउन

सिक्लेसमा पहिला नै थियो लकडाउन
देवीजंग गुरुङ
चैत्र २९,२०७६

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस महामारीले विश्वका मानवजातिलाई त्रसित बनाइरहेको छ । डिसेम्भर अन्तिम साता छिमेकी राष्ट्र चीनको वुहानबाट फैलिएको कोभिड १९ कोरोना भाइरसले अहिले विश्वका आधिकांश देशलाई प्रभावित बनाई दैनिक जिवन नै उथुलपुथल बनाइदिएको छ । हैजा, एड्स, इबोला, सार्स र स्वाइन फ्लु जस्ता महामारी व्योहोरीसकेको विश्वजगत अहिले कोरोना जस्तो महाविपद्लाई सामना गरिरहेको छ । कोरोना भाइरस के हो ? यसको औषधि के हो ? कहिले र कुन ठाउँबाट कसरी यसको अन्त हुन्छ भनेर कोहिसंग यसको ठोस जवाफ छैन । विगत २२ वर्षदेखि चीनमा कार्यरत डा राजीव झाले एउटा टेलिभिजन अन्तर्वातामा कोरोना भाइरस कुनै जनावरको मासु खाएर सरेको नभई वुहान शहरको शीफुड मार्केटमा कुनै सामान्य भाइरसले संक्रमित ब्यक्ति र त्यहाँ भएको कुनै जनावरसंग भएको भाइरसबाट मिश्रित भई शक्तिशाली भाइरसको रुपमा कोभिड १९ भाइरस हुन सक्ने उल्लेख गरेका छन् । चीन सरकारद्धारा सन् २०१५ मा विश्वका उत्कृष्ट सय ट्यालेण्टको सुचिमा विभुषित डा झाले कोरोना भाइरस मात्र नभई यस्ता विपद्हरु मानव जातिले प्रकृतिप्रति देखाउने घमण्डी र मै राम्रो भन्ने भावले पटकपटक झेलिरहनुपर्ने वताउछन् । डा झाको तर्क छ, मानव जातिले “ वी आर पार्ट अफ इन्बरोमेण्ट ˮ को रुपले नसोची “ वी आर इन्साइड द इन्बरोमेण्ट ˮ रुपले प्रकृतिलाई माया गर्नुपर्दछ ।
नेपालमा पनि लोकल ट्रान्समिसन अर्थात बिदेश नगई गाउ घरमै बसेकाहरुमा पनि संक्रमण शुरु भएसंगै कोरोना भाइरसले दोश्रो चरणमा प्रवेश गरेको छ, जसले गर्दा नेपालीहरुलाई पनि झन् त्रसित बनाएको छ । वैशाख ३ गतेसम्म सरकारले लकडाउन गरिएता पनि लकडाउन मात्र कोरोना रोकथामको एक मात्र विकल्प भने होइन । सरकारले लकडाउन नीतिसंगै कोरोना रोकथामका लागि अन्य विकल्पहरु बारे पनि तत्काल कदप चाल्नुपर्ने देखिन्छ । यसवारे अब उच्च सतर्कता नअपनाए गुणात्मक रुपले बृद्धि हुने खतरा उत्ति नै बढि छ । कोरोना भाइरस संक्रमण हुदा ज्वोरो आउने, सुख्खा खोकी लाग्ने र एकहप्तापछि सास फेर्न गा¥हो हुने लगायतका लक्षणहरु देखिने चिकित्सकहरु बताउछन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्वोधन गरी नआतिन र कोरोना रोकथामका लागि सवै एक भएर लड्न सवैलाई आव्हान गरेका छन् । विकसित र आफुलाई विश्वकै शक्तिशाली देश भन्ने राष्ट्रहरु नै कोरोना भाइरसबाट धेरै भन्दा धेरै प्रभावित भइरहेको वेला नेपालमा हामी यसबाट कसरी वच्न सकिन्छ त । राज्य, स्वास्थ्यकर्मी एवम् आम नागरिकहरुको भुमिका यसवेला के के हुन सक्छन् त ?
क. राज्यको तर्फबाट गर्नुपर्ने कार्यहरु
१. हरेक नागरिक यस भाइरसबाट सुरक्षित भएको प्रत्याभूति दिलाउन सक्नुपर्दछ ।
२. लकडाउनसंगै अतिआवश्यक खाद्यान्न आपूर्तिका लागि व्यवस्थापन ।
३. स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनस्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा कवचको व्यवस्थापन ।
४. कोरोना पोजिटिभ केसमा कार्यरत कर्मचारीहरुको छुट्टै क्वारेन्टायनको व्यवस्थापन ।
५. स्थानीय निकायसम्मका जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका एवम् अन्य स्वयम्सेवकको व्यवस्था ।
६. विदेशबाट आएका र उनीहरुसंग भेटिएकाहरुको तत्काल ट्रेसिङ गरि स्वास्थ्य परिक्षण गर्ने ।
७. निःशुल्क प्रत्येक नागरिकलाई कोरोना परिक्षणको व्यवस्था ।
८. विपदको वेला जिम्मेवारीबाट भाग्ने कर्मचारीलाई तत्काल कारवाही गर्ने ।
९.स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनस्वास्थ्यकर्मीलाई राहत एवम् विमा रकम अझै थप गर्ने ।
१०. स्थानीय निकायहरुलाई धैरे भन्दा धेरै कोरोना परिक्षणको लागि आवश्यक सामाग्री उपलब्ध गर्ने ।

ख. स्वास्थ्यकर्मीले गर्नुपर्ने कार्यहरु ( प्राविधिक भन्दा व्यवहारिक रुपले)
१. प्रत्येक स्वास्थ्यकर्मीले पिपिइको प्रयोगवारे अनिवार्य आधारभूत ज्ञान हुन आवश्यक छ ।
२. राज्यले आफुलाई सुरक्षित गरेको महसुस हुनुपर्दछ ।
३. पोजिटिभ केसमा जाद सवै सतर्कता अपनाउनु जरुरी छ ।
४. पोजिटिभ केसको उपचारपश्चात आफु स्वयम् पनि क्वारेन्टायनमा वस्न आवश्यक छ ।
५. कोरोना उपचारबिधि र सामान प्रयोगबारे  आधारभुत तालिम उपलब्ध हुन आवश्यक छ ।
६. यसको औषधि÷खोप अहिलेसम्म कहिकतै पत्ता नलाएको कारण व्यक्तिगत सिफारिसमा उपचार प्रक्रिया थाल्नुहुन्न ।
७. दीर्घ रोगी तथा गर्भवती हुने स्वास्थ्यकर्मीहरूले झन् विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ ।
८. मानसिक रुपमा विरामीको उपचारको लागि आफु तयार हुनुपर्दछ ।

ग. स्थानीय जनप्रतिनिधिहरुले गर्नुपर्ने कार्यहरु
१. वडाध्यक्षले आफ्ना ४ वडा सदस्यहरूलाई सक्रिय बनाई वडामा बिदेशबाट आउनेहरूको र उनीहरुसंग भेटेकाहरुको  स्वास्थ्य परिक्षणको लागि तत्काल कार्य थाल्ने ।
२. वडा मातहत गठित टोल संयोजकहरूसंग समन्वय गरि समाजघर÷ वहुउद्धेश्य भवन तथा सामाजिक भवनहरू क्वारेन्टाइनका लागि ब्यवस्था गर्ने ।
३. वडासंग जोडिएका वडाहरुको सिमा नाका पुर्ण रुपले बन्द गर्ने ।
४.वडामा कोहि कोरोना पोजिटिभ देखिए नआति उपचारको लागि तत्काल रिफर गरि उनका परिवारलाई पनि स्वास्थ्य निगरानीमा राख्ने ।
५. अतिआवश्यक खाद्यान्नका लागि वडाभित्र सिमित दोकानलाई समय निर्धारण गरि सामाजिक दुरीमा किनबेचको सेवा सुरू गर्नोस् ।
६. सरकारले उपलब्ध गरेको राहतवितरणलाई पारदर्शि रुपमा वास्तविक वर्गलाई वितरण गर्ने
७. पोष्टिक तत्व एवम् भिटामिनयुक्त खानाहरु खान वडाबासीलाई आग्रह गर्ने ।

घ. आम नागरिकले गर्नुपर्ने कार्यहरु
१. लकडाउनको पूर्ण रुपले पालना गर्ने ।
२. नियमित रुपमा सावुन पानीले पटकपटक हात धुने ।
३. अतिआवश्यक खाद्यान्न सामाजिक दुरीमा रहि खरिदविक्री गर्ने ।
४. सनेटाइजरको प्रयोग गर्ने ।
५. आफु पनि अर्कोको घरमा नजाने, अरुलाई पनि आउन नदिने ।
६. घरमै वसि नियमित व्यायाम गर्ने ।
७. भिटामिनयुक्त फलफुल एवम् झोलिला खाने कुराहरु खाने ।
८. खोक्दा वा हाछ्यु गर्दा टिस्यु पेपर प्रयोग गर्ने वा कुहिनाले छोप्ने ।
९. हात अनुहार नलाने ।

ङ. पत्रकारले गर्नुपर्ने कार्यहरु
१. भ्रमित र आतङ्कित हुने समाचारहरु प्रकाशन÷प्रशारण नगर्ने ।
२. कोरोना भाइरसबाट वच्न सकिने सन्देशमुलक सामाग्री प्रकाशन गर्ने ।
३. सकेसम्म घरमै वसि रिपोर्टिङ गर्ने, फोटो भिडियो आवश्यक परे एकापसमा शेयर गर्ने ।
४. फिल्डमा निस्किनै परे सुरक्षा कवच अनिवार्य प्रयोग गर्ने ।

च. सुरक्षाकर्मीले गर्नुपर्ने कार्यहरु
१. सीमा नाकाहरुमा राम्रो निगरानी ।
२. सुरक्षाकर्मी ( जनपद, सशस्त्र प्रहरी र सेना ) हरुवीच एकापसमा समन्वय ।
३. लकडाउन पूर्ण रुपले पलीपालना गर्न कडीकडाउ गर्ने ।
४. कार्यक्षेत्रमा अनिवार्य सुरक्षा कवच लाउने ।
५. आवश्यक क्वारेन्टायन र आइसोलेशन लगायतको व्यवस्थाको लागि सरकारसंग समन्वय ।
६. कोरोना भाइरस उपचारका लागि संगठनका चिकित्सक लगायत सम्वन्धित दक्ष जनशक्ति उपलब्ध गराउने ।
कोरोना भाइरस कोभिड १९बाट हालसम्म विश्वभर करिव साढे १४ लाख मानिस संक्रमित भएका छन् भने ८२ हजार भन्दा धेरै मासिको मृत्यु भइसकेका छन् । तर सुखद कुरा संक्रमित मध्ये करिव ३ लाख मानिस निको भई घर फर्किसकेका छन् । अर्थात मृत्युदर अत्यन्त कम मात्रामा छ । तर कोरोना भाइरसले भन्दा पनि यसको त्रास र भ्रमले मासिसलाई मानसिक रुपले असर पार्न सक्ने विश्लेषकहरुले विश्लेषण गरिसकेका छन् । तसर्थ कोरोना भाइरसबारे मानसिक रुपमै भयरहित हुन आम मानिस  र कोरोना रोकथामका लागि फ्रण्टलाइनमा रहेर काम गर्ने कर्मचारी सवैलाई स्वास्थ्य मनोविज्ञ डा मिचेल ब्लुमफिल्डले केहि सुझावहरु वुदागत रुपमा सुझाएका छन् ।
१. पौष्टिक तत्व तथा झोलिलो खानेकुरा खाने र प्रशस्त मात्रमा निद्रा पु¥याउने ।
२. मानसिक रुपले पिर लिनेभन्दा दिमागलाई फ्रेस हुने गतिविधिमा व्यस्त बनाइरहने । जस्तै ः        किताव पढ्ने, नाच्ने, गाउने लगायतका आफुलाई रमाइलो लाग्ने कार्यहरु गर्ने ।
३. कार्यक्षेत्र समयमा अरु विरामी नभए वा व्रेक समयमा परिवार, साथीभाईसंग फोन, च्याट तथा भिडियो कल गर्ने ।
४. समयतालिका मिलाई शारिरिक व्यायाम गर्ने ।
५. आपतकालिन कार्यहरुमा नआति सहज रुपले ग्रहण गर्न सिक्ने ।
६. तनाव हटाउने भनि माद्यपान, धुम्रपान लगायतका कार्यहरु नगर्ने ।
७. आफुलाई गा¥हो महशुस भए सहयोगको लागि जानकारी गराईहाल्ने ।

कोरोना भाइरस लाग्दैमा मानिसको मृत्यु भइदैन । उमेर गएका वृद्धहरु र दीर्घ रोगीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकोले भाइरस लाग्न सक्ने उच्च जोखिममा रहेका हुन्छन् । तर भोजनको व्यवस्थापन, व्यायामको व्यवस्थापन र मानसिक तनावको व्यवस्थापन गर्न सके कोरोना भाइरसबाट सजिलै वच्न भने सकिन्छ । स्वस्थ रहाँै, सुरक्षित रहाँै, घरमै वसौँ ।

No comments:

Post a Comment