Friday, April 24, 2020

आमा कविता ( भिडियो सहित)


सवै भन्छन् आज आमाको मुख हेर्ने दिन रे
कुन दिन होला र आमाले तिम्रो मुख नहेरेको ?
कुन दिन होला र आमाले तिमलाई नसम्झेको?

आमा,
सृष्टिकर्ता, मायाको प्रतिमुर्ति
नौ महिना पेटमा, तीन वर्षमा हातमा

जिन्दगीभरी दिलमा राख्ने विशाल मनकरी आमा,
आज तिम्रो ढुङ्गा र सिमेन्टको महलमा अट्न सकिनन् २
तिम्रो पहिलो साथी, पहिलो गुरू, तिमी नबोल्दै तिम्रो मन बुझ्ने आमा
आज तिम्रो हैसियत र उचाइमा मिल्ने आमा बन्न सकिनन् ।

सबैका कुशल, असल र निस्वार्थी आमाहरू त हुन्छन्
तर सबै आमाका कुशल असल र निस्वार्थी सन्तानहरू हुदैनन् ।

सन्तानहरूलाई आमाले सक्ने बेला भोको पेटमा पनि पाले हुर्काए
तर अहिले नसक्ने आमालाई दुई छाकको लागि उल्टै थर्काए ।

संसारसंग तिमी खुसी किन, हासो किन र मनमा जे लाग्छ, सबै किन र पाउछौ,
तर आमा न त किन्नै न सक्छौ, न आमाको माया अरूबाट नै पाउछौ ।

आमा ममताकी खानी

बिर्सिनै नसक्ने आमाको प्यारलाई लत्याउनेहरू
भोलि तिम्रा सन्तानले पनि यसैगरि बिर्सि्दिदा,
किन्नै नसक्ने आमालाई बृद्धाश्रमतिर बेच्नेहरू
भोली तिम्रा सन्तानले पनि यसैगरी बेचिदिदा
तिम्रो मनमा आमा सम्झेलान्, बाबा सम्झेलान्
बेलैमा आमाको रुपमा भएर सोचौ, बाबाको रुपमा भएर सोचौं
किनकी,
सानोमा मर्छ कि भन्ने डरले पालेको तिमीलाई
अहिले मार्छ कि भन्ने डरले दिनहुँ मरिरहेका छन् आमाहरू

मैले वाचन गरेको भिडियो 

No comments:

Post a Comment