देवीजंग तमू
सिक्लेस, २२ वैशाख
मादी १ सिक्लेसमा गत वैशाख २० गते भएको आगलागीबाट पिडित आस माया परियारलाई सहयोग आउने क्रम जारी छ । सामाजिक अभियन्ता सिक्लेस घर भई हाल पोखरा निवासी लक्ष्मी गुरुङ्गसहित मनु गुरुङ्ग र कमला गुरुङ्गको समुहले आगलागीपिडित परियारलाई आज विहान ५ हजार नगद सहयोग गरेको छ । घरसंगै धन्सार र लत्ताकपडा लगायत खाद्यन्न सवै जलेका परियारकै आग्रहमा उहाँलाई नगद सहयोग गरेको हो । कोभिड १९ बाट जनजीवन प्रभावितहरुको लागि सहयोग अभियान थालेका तीन जना अभियन्ताहरुले उक्त कोषबाट आगलागी पिडित परियारलाई सहयोग गरेको हो ।
उक्त सहयोग रकम आज विहान परियारलाई स्थानीय उपेन्द« गुरुङ्ग र भोलामान गुरुङ्गमार्फत हस्तान्तरण गरिएको हो ।
साथै सिक्लेस पार्चे कल्याणकोष बेल्जियमबाट पनि पिडित परिवारलाई नगद ४० हजार सहयोग गरेको कोषका सचिव जित गुरुङ्गले जानकारी दिनुभयो ।
यसअघि पिडित परियारलाई सिक्लेसका नेपाली जनसम्पर्क समिती मकाउका सभापति लेख वहादुर गुरुङले चामल, दाल, तेल, चिनि लगायतका खाद्यन्न सहयोग गरिसक्नुभएको छ ।

No comments:
Post a Comment