देवीजंग तमू
सिक्लेस, २० वैशाख
मादी गाउँपालिका वडा १ सिक्लेसमा आज शनिवार अचानक आगलागी भएको छ । सिक्लेसस्थित धप्राङथरनिवासी आस माया परियारको घरमा आज विहान करिव १० बजेतिर आगलागी भई घर पुर्णरुपले जलेको हो । घरधनी आस माया परियार वारीमा काम गरिरहेको वेला अचानक घरबाट धुवोको मुस्लो निस्किेपछि परियारले वल्ल थाहा पाएका थिए ।
के कारणले कसरी आगलागी भएको भन्ने वारे यकिन थाहा नभएपनि विद्युत तार सर्ट भई आगलागी हुन सक्ने परियारले वताए ।
आगोलाई स्थानियले करिव १ घण्टाभित्रै नियन्त्रणमा लिइसकेका थिए । आगलागीमा आस माया परियारको मुल घर र धनसार पुर्ण रुपले क्षति भएको छ भने घरभित्र रहेका कपडा, नगद, केहि गरगाहना र खाद्यन्न सवै जलेका छन् ।यसैवीच पिडित परियारलाई सिक्लेसका नेपाली जनसम्पर्क समिती मकाउका सभापति लेख वहादुर गुरुङ केहि खाद्यन्न राहत सहयोग गरेका छन् । आगलागीबाट पिडित आस माया परियारको परिवारलाई तत्काल खाद्यन्न समस्या पर्ने वताउदै सभापति गुरुङले ३० केजी वरावरको १ वोरा चामल, कालो दाल १ केजी, चिनी १ केजी, १ प्याकेट चियापत्ती, तेल १ केजी र विस्कुट १ प्याकेट स्थानीय युवा भोलामान गुरुङ मार्फत आज साँझ सहयोग गरेका छन् ।
फोटाहरु : Siklesnews.com facebook page





No comments:
Post a Comment